डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • मुग्लिन नारायणगढ सडकखण्डमा गुडिरहेको कारमाथि ढुंगा खस्यो

मुग्लिन नारायणगढ सडकखण्डमा गुडिरहेको कारमाथि ढुंगा खस्यो

मुग्लिन नारायणगढ सडकखण्डमा गुडिरहेको कारमाथि ढुंगा खस्यो
Source: OK

४ भदौ, चितवन । चितवनको नारायणगढ मुग्लिन सडकखण्डमा गुडिरहेको कारमाथि ढुंगा खस्दा कारमा सामान्य क्षति पुगेको छ ।

ईच्छाकामना गाउँपालिका-५ पर्ने सो सडकखण्डको तीन नम्बर पुल नजिकै मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बीएडी ८३२२  नं. को कारमा बिहान ८ बजेको समयमा माथिबाट ढुंगा खसेको हो । प्रहरीका अनुसार कारमा सामान्य क्षति भएको छ भने अन्य केही भएको छैन ।

कार भरतपुर महानगरपालिका -२ बस्ने सन्तोष कचिलाले चलाइरहेका थिए । अहिले सडक सञ्चालनमा छ । कार आफ्नो गन्तव्यतर्फ गइसकेको प्रहरीले जनाएको छ । गएराति देखि नै चितवनसहितका आसपासका क्षेत्रमा पानी परिरहेको छ । सावधानी अपनाएरमात्रै यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

असार २८ गते पनि सोही सडकखण्डमा यात्रुवाहक बसमाथि ढुंगा खस्दा चालकको मृत्यु भएको थि

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका