डिजिटल पत्रिका
शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • जेठ २६ मा ‘नीरफूल’सँगै ‘वेलकम टु हेम्जाकोट’ रिलिज हुने

जेठ २६ मा ‘नीरफूल’सँगै ‘वेलकम टु हेम्जाकोट’ रिलिज हुने

जेठ २६ मा ‘नीरफूल’सँगै ‘वेलकम टु हेम्जाकोट’ रिलिज हुने

काठमाडौँ।
यहि जेठ २६ गते रिलिजको लागि ‘नीरफूल’सँगै अर्को नेपाली चलचित्र ‘वेलकम टु हेम्जाकोट’ पनि थपिएको छ । रिलिज मितिसहितको पोस्टर सार्वजनिक गर्दै यो चलचित्रले नयाँ मिति तोकेको हो । यसअघि गत बर्षको तिहारमा नै रिलिज गर्ने भनिएकोमा रिलिज हुन सकेको थिएन ।

सरोज पौडेलको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रमा बुद्धी तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, सन्दिप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सीना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिव राई, स्व.जयनन्द लामा लगायतका कलाकारको अभिनय रहेको छ । निर्माताहरु तेज प्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की र सुमन खड्का हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका