सुर्खेत ।
कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सुशासनको मार्गचित्र कोर्ने बाटोमा सरकार द्दढ भएर लागिपरेको बुधबार प्रेस युनियन सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा बताउनु भयो।
उपप्रधानमन्त्री खड्काले बजेट कार्यान्वयनमा सरकारले विशेष ध्यान दिएको बताउनु भएको छ। कालोबजारीलाई नियन्त्रण गर्ने र बजेट कार्यान्वयनमा सरकारले विशेष ध्यान दिएको बताउनुभयो।
“सेवालाई सहज बनाउनेमा सरकार केन्द्रित छ” उहाँले भन्नुभयो, “जनतासँग जोडिएका विषयमा सहजता प्रदान गर्ने सरकारको ध्यान छ ।” कानुनहरू जुन रफ्तारमा बनाउनुपर्ने थियो त्यो हुन नसक्दा समस्या भएकाले अब सरकार आवश्यक कानुनहरू बनाउने तयारीमा लागिरहेको र संघीय शिक्षा एेन संसद्मा टेबुल भइसकेको छ, सम्बन्धित मन्त्रालयले निजामती र प्रहरी एेन तयारी गरेर संसद्मा दर्ता गर्ने तयारी सरकारले गरिरहेको बताउनु भयो।
उपप्रधानमन्त्री खड्काले सुर्खेत विमानस्थलको धावन मार्ग विस्तार कार्य अगाडि बढाउने प्रयास भइरहेको पनि जानकारी दिनुभयो । “कर्णालीका सबै सांसदको एउटै सङ्कल्प हो कर्णालीको विकास र परिवर्तन” उनले भने, “तुलनात्मक रूपमा हामी अरू प्रदेश सरह बनाउन हामी सबै लाग्नुपर्छ ।” उहाँले सरकार सुशासन र भ्रष्टाचारका विषयमा काम गर्दै आएको भन्दै विगतको लामो र झन्झटिलो कानुनी प्रक्रियाभन्दा छोटो र छरितो बगाउनेगरी अगाडि बढेको बताउनुभयो।“