डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • रास्ट्रिय स्बतन्त्र पार्टी चितवन-१ मा दोस्रो र २ मा तेस्रो स्थानमा

रास्ट्रिय स्बतन्त्र पार्टी चितवन-१ मा दोस्रो र २ मा तेस्रो स्थानमा

फाइल फोटो

रास्ट्रिय स्बतन्त्र पार्टी चितवन-१ मा दोस्रो र २ मा तेस्रो स्थानमा

चितवन ।

आइतबार भएको प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनको मतगणना जारी रहेको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रमा नै मतगणना जारी रहेको हो ।

चितवन क्षेत्र नं १ मा हालसम्म एक हजार मतगणना हुँदा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार विश्व पौडेलले सुरुआती अग्रता लिएका छन् । उनले ३३७ मत प्राप्त गर्दा नेकपा एमालेका सुरेन्द्र पाण्डेले दुई सय ५२ मत प्राप्त गरेका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले ३२९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रमा एक लाख ३९ हजार आठ सय ४५ जना मतदाता रहेका छन् । जसमध्ये ६८.७३ प्रतिशत मत खसेको छ ।

यस्तै चितवन क्षेत्र-२ मा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोख्रेलले सुरुआती अग्रता लिएका छन् । एक हजार एक सय २६ मत गन्दा उनले पाँच सय ५४ मत प्राप्त गरेका छन् ।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३९७ मत प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ८७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस क्षेत्रमा ६७.३ प्रतिशत मत खसेको छ । यस क्षेत्रमा एक लाख २४ हजार दुई सय १४ मतदाता रहेका छन् । यो नतिजा साँझ ५ बजे सम्मको हो । चितवन क्षेत्र नं ३ को मतगणना सुरु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका