डिजिटल पत्रिका
शुक्रबार, जेष्ठ ४, २०८१

५१ दिन मनाउँदै ‘महापुरुष’

५१ दिन मनाउँदै ‘महापुरुष’

काठमाडौं ।

हरिवंश आचार्य स्टारर फिल्म ‘महापुरुष’ले आज (शनिबार) ५१ औं दिन मनाउँदैछ । यो छेकोमा निर्माताले फिल्म छायांकनमा ‘शून्य कार्वन तटस्थता’को उपलब्धी सार्वजनिक गर्न कार्यक्रम छ ।

अहिले पनि मुलुकका प्रमुख मल्टिप्लेक्समा प्रदर्शन भैरहेको यो फिल्म वर्ष २०७९ मा ५१ दिन सेलिव्रेसन गर्ने ‘कबड्डी ४’पछिको दोस्रो फिल्म हो । षट्कोण आर्टस निर्मित फिल्मले यो अवधिसम्म ११ करोड रुपैयाँ ग्रस हारहारीमा कमाएको छ ।

निर्माता म्याक्स दिपेश खत्रीले फिल्मले ५१ दिनसम्म १० करोड ७० लाख रुपैयाँभन्दा बढी कमाइ गरेको जानकारी दिए । ‘चार सातापछि फिल्मको रफ्तारमा कमी आएको पाइयो । जेहोस्, यो उपलब्धीलाई लिएर हामी सन्तुष्ट छौं’ खत्रीले अनलाइनखबरसँग भने ।

सुरुआती तीन सातासम्म कमाइ आक्रामक देखिएको थियो । काठमाडौं उपत्यकाका मल्टिप्लेक्समा कमाइ आकर्षक रह्यो । सबै उमेर समूहका दर्शक हल पुगेका थिए । मोफसलका प्रमुख सहरमा समेत फिल्मको कमाइ सुखद रह्यो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका