डिजिटल पत्रिका
बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • राष्ट्र संघका महासचिव गुटेरेस पोखरामा

राष्ट्र संघका महासचिव गुटेरेस पोखरामा

राष्ट्र संघका महासचिव गुटेरेस पोखरामा

पोखरा । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस आज दिउँसो पोखरा आइपुगेका छन्।गुटेरेसलाई स्वागत गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी घिमिरेसहितको टोली विमानस्थल पुगेका हुन् । रेड कार्पेट र नेपाली मौलिक बाजा, गीत बजाई उनलाई स्वागत गरिएको थियो ।

महासचिव एन्टोनियो गुटेर्रेस अहिले नेपालको औपचारिक भ्रमणमा छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको निमन्त्रणामा कार्तिक १२ देखि १५ गतेसम्म चारदिने भ्रमणका लागि गुटेर्रेस आज पोखरा आइपुगेका हुन् ।  पोखरा भ्रमणमा आएका महासचिव गुटेर्रेस अन्नपूर्ण बेस क्याम्पसमेत जाँदैछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका