डिजिटल पत्रिका
बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • बर्तमान सरकार बदल्नु अनिबार्य छ तर एमालेले मात्र चाहेर भएन – ज्ञवाली

बर्तमान सरकार बदल्नु अनिबार्य छ तर एमालेले मात्र चाहेर भएन – ज्ञवाली

बर्तमान सरकार बदल्नु अनिबार्य छ तर एमालेले मात्र चाहेर भएन – ज्ञवाली

पोखरा।नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले प्रचण्ड नेतृत्वको वर्तमान सरकार बदल्नु अनिवार्य रहेको र त्यसका लागि एमाले लागि परेको बताएका छन् ।

शनिबार बिहान प्रेस चौतारी कास्कीले पोखरामा आयोजना पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले भने  ‘वर्तमान  सरकार वदल्नु अपरिहार्य भएको छ । तर, हामीले चाहेर मात्र नहुँदो रहेछ । संसदको अंक गणित हाम्रो अनुकुल छैन । कहिलेकाहीँ जनताको अपेक्षा र संसदको अंकगणित बीच तालमेल मिल्दो रहेनछ’ उनले भने ।

सरकार फेरवदलका लागि आफूहरुले सबैपक्षसंग छलफललाई खुल्ला राखेको समेत उनले जानकारी दिए । सरकार देशका लागि घाँडो बन्दासमेत आफूलाई लोकतान्त्रिक भन्ने कांग्रेस फडके साँची बसेको देख्दा अचम्म लागेको उनले टिप्पणी गरे । ‘सरकार देशलाई घाँडो भएको छ । यस्तो बेलापनि आफूलाई लोकतान्त्रिक भन्ने कांग्रेस चुपचाप फड्के साँची बसेको देख्दा अचम्म लागेको छ’ उनले भने ।

उपमहासचिव ज्ञवालीले तेस्रो बन्नका लागि प्रतिस्पर्धा गर्ने माओवादीबाट देशले निकास नपाउने धारणा राखे । वर्तमान सरकार बदल्न सात वटै प्रदेशमा जनदवावका कार्यक्रम गर्न लागिएको भन्दै उनले अन्य दलहरुले नचाहाँदासम्म एमालेको चाहनाले मात्र सरकार परिवर्तन नहुने प्रष्ट्याएका छन् ।

उनले देश बहुआयामिक संकटको सम्मुखमा रहेको चर्चा गर्दै सरकारले जनतामा भरोसा जगाउन नसकेको आरोप लगाए । युवाहरुले देशमा भविश्य छैन भन्दै धमाधम देश छाडिरहेको बताएका उनले वर्तमान सरकारकै कारण देश बन्दैन भन्ने भाष्य निर्माण भएको उल्लेख गरे ।

वर्तमान सरकारले देशका नदीनाला सबै भारतलाई सुम्पिएको टिप्पणी गरेका उनले प्रधानमन्त्री प्रचण्ड आफ्नो सत्ता टिकाउनका लागि शक्तिराष्ट्रका सामु जेसुकै गर्नपनि तयार रहेको बताए । असंलग्न र सन्तुलित परराष्ट्र नीतिको शिद्धान्त विपरित वर्तमान सरकार नजानिदो तरिकाले एउटापक्षसंग नजिक बनेको उनको भनाई छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका