डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • गण्डकीको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त,पद तथा गोपनीयताको सपथ आजै

गण्डकीको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त,पद तथा गोपनीयताको सपथ आजै

गण्डकीको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त,पद तथा गोपनीयताको सपथ आजै

पोखरा।गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे  नियुक्त भएका छन् ।

सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख डिल्ली राज भट्टले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम  ठूलो दलको नेताका रुपमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

सोमबार सर्वोच्च अदालतले, मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत बदर गर्दै उनी पदमुक्त हुने फैसला गर्दै नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमाआदेश गरेको थियो ।

नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आजै पद तथा गोपनीयताको सपथ खाँदैछन् । प्रदेश प्रमुखको कार्यालयले दिएकाे जानकारी अनुसार आजै अपरान्ह ५ बजे न्यूराेड स्थित पोखरा सभागृहमा सपथ ग्रहण समारोह आयोजना गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका