डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१

लिग २: नेपाल ओमानसँग खेल्दै

लिग २:  नेपाल ओमानसँग खेल्दै

२ असोज। आईसीसी विश्वकप लिग २ का लागि क्यानडामा रहेको नेपाली टोलीले आज ओमानसँग दाेस्राे खेल खेल्दैछ ।

यस अघि भएकाे त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल आयोजक क्यानडासँग ठुालाे रन अन्तरले पराजित भएकाे थियाे ।

नेपालले लिग २ को सुरुआत  खेलहरु बाट नै कमजोर प्रदर्शनबाट गर्दै आइरहेका छ ।।  घरेलु मैदानमा बलियाे मानिने नेपाल ७ महिनाअघि नेपालमा नै भएको त्रिकोणात्मक सिरिमा समेत  ३ खेलमा हार बेहोरेको  थियो । नामिबियासँग २ र नेदरल्याण्ड्ससँग एक खेलमा पराजित भएको थियो ।

नेपाल लिग २ का पाँच खेलमध्ये ४ मा पराजित हुँदा २ अंकका साथ सातौं स्थानमा छ । आजको प्रतिस्पर्धी ओमान चार खेलबाट ३ अंक जोडेर नेपालभन्दा एक स्थान माथि छ । पछिल्ला पाँच खेलमा नेपाल ३ र ओमान २ खेलमा विजयी भएका छन् ।

यो सिरिजअन्तर्गत नेपालले क्यानडासँग अर्काे खेल ६ गते र ओमानसँग ८ गते खेल्नेछ ।

ओडीआई सिरिजपछि नेपालले क्यानडा र ओमानसँगै टी-२० सिरिज पनि खेल्नेछ ।

आज हुने खेल नेपाली समयअनुसार किंग सिटी मैदानमा आज राति पौने ९ बजेदेखि सुरु हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका