डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • स्याङ्जा–२ मा मतगणना हुन सकेन

स्याङ्जा–२ मा मतगणना हुन सकेन

स्याङ्जा–२ मा मतगणना हुन सकेन

स्याङ्जा ।

स्याङ्जा क्षेत्र नं २ मा अहिलेसम्म मतगणना सुरु हुन सकेको छैन । नेकपा (एमाले) लगायतका दलले नेपाली कांग्रेसले चापाकोट नगरपालिकाका चार बुथमा धाँधली गरेको आरोप लगाउँदै पुनःमतदानको माग गरेपछि मतगणना हुन नसकेको हो ।

चापाकोट नगरपालिकाको वडा नं ३, ४ र ५ का दिसिङकोट आधारभूत विद्यालय कमिरे, राममन्दिर माध्यमिक विद्यालय दार्सिङ, दिनदयालु आधारभूत विद्यालय र जनसक्रिय आधारभूत विद्यालय चिदीपोखरी मतदान केन्द्रमा कांग्रेसले बुथ कब्जा गरी एकलौटी मतदान गरेको आरोप एमालेको छ ।

बुथ कब्जा गरी मतदान भएका मतदानस्थलमा पुनः मतदान नहुँदासम्म मतगणना कार्यमा सहभागी नहुने दाबी गर्दै एमाले निकट नेता कार्यकर्ताले अहिले वालिङस्थित निर्वाचन अधिकृतको कार्यालयमा विरोध प्रदर्शन गरिरहेका छन् ।

आज नै एमालेलगायत अन्य दल तथा स्वतन्त्र उम्मेदवारले संयुक्त पत्रकार सम्मेलन गरी पुनःमतदान गर्नुपर्ने माग गरेका थिए । स्याङ्जा क्षेत्र नं २ मा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ र नेकपा (एमाले)की केन्द्रीय सचिव पद्माकुमारी अर्यालबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । स्याङ्जा क्षेत्र नं १ मा अहिले मतगणना जारी रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका