डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • काठमाडौं–४ बाट गगन थापा निर्वाचित

काठमाडौं–४ बाट गगन थापा निर्वाचित

काठमाडौं–४ बाट गगन थापा निर्वाचित

काठमाडौं ।

काठमाडौं निर्वाचन क्षेत्र–४ बाट नेपाली काग्रेसका उम्मेदवार गगन थापा विजयी भएका छन् ।

कांग्रेस महामन्त्रीसमेत रहेका थापा एमालेका राजन भट्टराईलाई ७ हजार ४४८ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

थापाले २१ हजार २९४ मत ल्याएका छन् भने भट्टराईको १३ हजार ८५३ मत पाएका छन् । थापा निर्वाचितबारे निर्वाचन आयोगले औपचारिक घोषणा भने गरेको छैन।

अघिल्लो चुनावमा पनि यस क्षेत्रबाट भट्टराईलाई नै हराउँदै गगन विजयी भएका थिए । यसपटक सत्तारुढ गठवन्धनको समर्थनका कारण उनको जित थप सहज बनेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका