डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • पोखरा उद्योग वाणिज्य संघले बस्तुगत संघहरुलाई गर्यो सम्मान

पोखरा उद्योग वाणिज्य संघले बस्तुगत संघहरुलाई गर्यो सम्मान

पोखरा उद्योग वाणिज्य संघले  बस्तुगत संघहरुलाई गर्यो सम्मान

पोखरा।

पोखरा उद्योग वाणिज्य संघले ‘समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९’ सफल पार्न सघाउने बस्तुगत संघहरुलाई सम्मान गरेको छ ।

पुस १६ देखि २५ गतेसम्म पोखराको नयाँबजारमा आयोजित मेला सफल हुनुमा बस्तुगत संघहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै संघले बुधबार प्रशंसापत्रसहित ती संघ संस्थाहरुलाई सम्मानित गरेको हो । संघ तथा कार्यक्रमका अध्यक्ष पवनकुमार प्रजापति,निवर्तमान अध्यक्ष नारायण कोइरालासहितले बस्तुगत संघहरुलाई प्रशंसापत्र प्रदान गरेका हुन् । कार्यक्रमा बोल्दै अध्यक्ष प्रजापतिले बस्तुगत संघहरु पोखरा उद्योग वाणिज्य संघको खम्बा भएको र आउँदा दिनमा पनि यस्तै सहयोगको अपेक्षा राखिएको बताए । उनले बस्तुगत संघहरुले भोगेका समस्याहरुको जानकारी उद्योग वाणिज्य संघलाई गराउन पनि आग्रह गरे ।संघका निवर्तमान अध्यक्ष नारायण कोइरालाले निजी क्षेत्रका समस्या समाधानको लागि संघ निरन्तर लागिपरेको बताए ।

वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले व्यवसायीहरुका समस्याहरुलाई लिएर यही पुस १३ गते नेपाल राष्ट्र बैंक गण्डकी कार्यालयको आयोजनामा गोष्ठी आयोजना हुन लागेको जानकारी दिँदै आफ्ना समस्याहरु राख्न आग्रह गरे । संघका उपाध्यक्ष उत्तममान बुद्धाचार्यले मेला सफल हुनुको श्रेय बस्तुगत संघको सहयोग भएको उल्लेख गरे । महासचिव बलराम आचार्यले संकटग्रस्त निजी क्षेत्रलाई सहज हुने गरी नीति निर्माण तहमा हस्तक्षेपकारी धक्का दिन पोउवा संघ सधैँ तयार रहेको बताए । कोषाध्यक्ष दीनेशचन्द्र बास्तोलाले मेला आयोजना नाफाको लागि नभएको र संघ व्यवसाय प्रवद्र्धन गर्ने उदेश्यमा सफल भएको बताए । उपमहासचिव शोभा गौतमले बस्तुगत संघहरुसँग सहकार्य गर्न पोउवा संघ सदैव तयार रहेको र अब सिर्जनात्मक काममा लाग्ने बेला आएको बताइन् । कार्यक्रममा उपस्थित बस्तुगत संघका अध्यक्ष,पदाधिकारी तथा प्रतिनिधिहरुले सहकार्यको परम्परा निरन्तर रहने र संघका हरेक क्रियाकलापा सक्रिय सहभागिता जनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका