डिजिटल पत्रिका
आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • माओवादी अध्यक्ष प्रचण्ड ४४औं प्रधानमन्त्री नियुक्त, शपथ ग्रहण भोलि

माओवादी अध्यक्ष प्रचण्ड ४४औं प्रधानमन्त्री नियुक्त, शपथ ग्रहण भोलि

माओवादी अध्यक्ष प्रचण्ड ४४औं प्रधानमन्त्री नियुक्त, शपथ ग्रहण भोलि

काठमाडौं ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ४४औं प्रधानमन्त्री प्रधानमन्त्रीमा नियुक्त भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

सत्ता गठबन्धनमा नेपाली कांग्रेससँग सहमति नभएपछि नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र तीन जना स्वतन्त्र सांसदको समर्थनमा माओवादी अध्यक्ष दाहाल तेस्रोपटक प्रधानमन्त्री नियुक्त भएका हुन्। स्वतन्त्र सांसदहरु प्रभु साह, किरणकुमार साह र अमरेशकुमार सिंहले पनि उनलाई समर्थन गरेपछि २७५ सदस्यीय प्रतिनिधिसभामा प्रचण्डले १६९ सांसदको समर्थन पाएका छन् ।

उनी यसअघि २०६५ साउनदेखि २०६६ वैशाख २१ गतेसम्म र २०७३ साउन १९ देखि २०७४ जेठ २३ गतेसम्म प्रधानमन्त्री बनेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबी साढे २, साढे २ वर्ष सरकारको नेतृत्व गर्ने सहमति भएसँगै दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।

नवनियुक्त प्रधानमन्त्री दाहालले भोलि दिउँसो ४ बजे राष्ट्रपति भवन शीतलनिवासमा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथग्रहण गर्नेछन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका