डिजिटल पत्रिका
आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्राप्त गरे बिश्वासको मत

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्राप्त गरे बिश्वासको मत

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्राप्त गरे बिश्वासको मत

२१ फागुन,काठमाण्डाै ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन् । आज आइतवार बसेको प्रदेश सभाको बैठकमा नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले पनि मत दिएपछि शाहले दुई तिहाइ प्रदेश सभा सदस्यहरुको विश्वासको मत प्राप्त गरेका हुन् ।

कांग्रेस संसदीय दलका नेतासमेत रहेका शाहलाई माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् । सभामुखबाहेक ५२ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री शाहले ४१ मत प्राप्त गरेका छन । शाह लाई कांग्रेसका १९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ र १ जना स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन् । विश्वासको मतको विपक्षमा एमालेका १० र राप्रपाका १ जना गरी ११ मत परेको छ ।

एमालेका राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठूलो दलको हैसियतमा माघ २६ गते शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका