डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरा र गण्डकी वाङ्गय प्रतिष्ठान स्याङ्जाको संयुक्त आयोजनामा विविध कार्यक्रम सम्पन्न

सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरा र गण्डकी वाङ्गय प्रतिष्ठान स्याङ्जाको संयुक्त आयोजनामा विविध कार्यक्रम सम्पन्न

सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरा र गण्डकी वाङ्गय प्रतिष्ठान स्याङ्जाको संयुक्त आयोजनामा विविध कार्यक्रम सम्पन्न

पोखरा। सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरा र गण्डकी वाङ्गय प्रतिष्ठान स्याङ्जाको संयुक्त आयोजनामा यही जेठ १५ गते मङ्गलवार स्याङ्जाको चापाकोटमा विविध कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्राडा.शालिग्राम सुवेदीद्वारा प्रस्तुत अध्यात्म,धर्म र जीवन शीर्षकको छलफलपत्रमाथि अन्तरक्रियात्मक विचारगोष्ठीका साथै गण्डकी वाङ्मय दोस्रो अङ्कको लोकार्पण र विविध विधाका सिर्जना वाचन गरिएको थियो ।

गोष्ठीमा पुतलीबजार प्रज्ञा प्रतिष्ठानका उपकुलपति विश्वप्रेम अधिकारी, चापाकोट नपा.का नगरप्रमुख ईश्वर खाण,डा.योगराज पौडेल, डा.भूमिराज बस्ताकोटी,प्रहरी उपरीक्षक कमल गैरे, प्रा डा.गिरिधारी शर्मा, पब्लिक क्याम्पस प्राध्यापक संघका सल्लाहकार वेदहरि तिमिल्सिनाले सिर्जना वाचनका साथमा कार्यक्रमको सफलताका लागि शुभकामना दिनुभयो ।

यसैगरी कार्यक्रममा डा.श्रीधर न्यौपाने, टीकाराम वाग्ले, चन्द्रावती वाग्ले, नोलराज भण्डारी,आरती बस्याल, सुरज पौडेल, वसन्त चालिसे,कल्याण पन्त, इन्दु पौडेल सुवेदी,अञ्जना पौडेल, मित्रलाल गौतम, वसन्त पराजुली, दीपकमणि आचार्य, दिलिप खाणलगायतका सिर्जना, जिज्ञासा र टिप्पणीले गोष्ठीलाई प्रभावकारी बनाएका थिए ।

कार्यक्रममा जगन्नाथ न्यौपानेको समूहले मिठो भजन प्रस्तुत गरेका थिए भने सहभागीहरु छमछम नाचेका थिए ।चापाकोटमा उत्पादित विविध परिकारको मौलिक खानाले भिन्न स्वाद दिएको थियो भने स्थानीयहरुको टीका र फूलमालासहितको आतिथ्यले कार्यक्रमलाई अविस्मरणीय बनाएको प्रतिक्रिया सहभागीहरुको रहेको थियो । कार्यक्रममा विभिन्न स्थानबाट आउनुभएका करिब १५० जनाको सहभागिता रहेको थियो ।

दुबै संस्थाका सचिव डा भानुभक्त आचार्य र शिवलाल गैरेद्वारा सहजीकरण गरिएको कार्यक्रममा कार्यक्रमको औचित्यमाथि प्रकाश पार्ने कार्य गण्डकी वाङ्मय प्रतिष्ठानका अध्यक्ष डा. वासुदेव भण्डारीले गर्नुभयो ।

उक्त संस्थाका उपाध्यक्ष लेखनाथ बस्ताकोटीले धन्यवाद ज्ञापन गर्नुभयो भने सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद शर्माले यस प्रकारका कार्यक्रमको निरन्तरताको शुभकामना दिँदै कार्यक्रमलाई समापन गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका