डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • एसओएस गण्डकीमा सरसफाइ र वृक्षरोपण

एसओएस गण्डकीमा सरसफाइ र वृक्षरोपण

एसओएस गण्डकीमा सरसफाइ र वृक्षरोपण

पोखरा।पोखरा महानगरपालिका वडा न.१५ रामबजारस्थित एसओएस हर्मन माइनर विद्यालय गण्डकीमा विश्व वातावरण दिवस मनाइएको छ । विश्व वातावरण दिवसका उपलक्ष्यमा विद्यालयमा एक विशेष कार्यक्रम आयोजना गरी उक्त दिवस मनाइएको हो ।

विद्यार्थीहरूको नियमित सिकाइलाई वातावरणसँग जोडी उनीहरूमा यसको संरक्षण गर्नुपर्छ भन्ने भावनाको विकास गराउने अभिप्रायले सरसफाइसँगै वृक्षरोपण कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले बताउनुभयो।

सरसफाइ कार्यक्रममा विद्यालयका विद्यार्थीका अतिरिक्त शिक्षक तथा कर्मचारीको स्वतःस्फूर्त सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका