डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका उम्मेदवारको अग्रता कायमै

चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका उम्मेदवारको अग्रता कायमै

चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका उम्मेदवारको अग्रता कायमै
फोटो फाइल

चितवन ।

चितवन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल अग्रस्थानमा रहेका छन् । उनले छ ३६७ मत प्राप्त गर्दा नेकपा (एमाले)का सुरेन्द्र पाण्डेले ५ हजार ३९९ मत प्राप्त गरेका छन् । यस्तै, गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका विश्वनाथ पौडेलले पाँच हजार २९५ मत प्राप्त गरेका छन् ।

यस्तै यस्तै क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ४ हजार ४१४ मत प्राप्त गरी अग्रता लिएका छन् । नेकपा (एमाले) का कृष्णभक्त पोख्रेलले ३ हजार ८७८ मत प्राप्त गरेका छन् भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३ हजार ५६० मत प्राप्त गरेका छन् ।

क्षेत्र नं ३ मा राप्रपाका विक्रम पाण्डेले अग्रता कायम गरेका छन् । उनले ३ हजार छ सय २३ मत प्राप्त गर्दा गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका डा भोजराज अधिकारीले तीन हजार दुई सय ८२ मत प्राप्त गरेका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले तीन हजार दुई सय ७४ मत प्राप्त गरेकी छन् भने स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले दुई हजार सात सय ६६ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा हालसम्म १३ हजार आठ सय ८२ मतगणना सकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

क्षेत्र नं ३ मा ६५ दशमलव ४१ प्रतिशत मात्रै मत खसेको निर्वाचन अधिकृत हरिसिंह धामीले जानकारी दिए । यस क्षेत्रमा एक लाख ४४ हजार दुई सय ८३ मतदाता छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका