डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • मर्स्याङ्दी नदीमा खसेको बसमा परी १४ जनाको मृत्यु ,१६ घाइतेको उद्धार

मर्स्याङ्दी नदीमा खसेको बसमा परी १४ जनाको मृत्यु ,१६ घाइतेको उद्धार

मर्स्याङ्दी नदीमा खसेको बसमा परी १४ जनाको मृत्यु ,१६ घाइतेको उद्धार

७ भदौ, पोखरा। तनहुँको आँबुखैरेनीस्थित ऐना पहराबाट मर्स्याङ्दी नदीमा खसेको भारतीय पर्यटक बस दुर्घटनामा परी १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसमा सवार मध्ये घटनास्थलबाट १६ जना घाइतेको उद्धार गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता थापाले जानकारी दिए । आज बिहान करिब पौने १२ बजे पोखरादेखि काठमाडौं आइरहेको बस दुर्घटना भएको थियो । यूपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

हालसम्म उद्धारमा खटिएका प्रहरीले १४ जनाको शव निकालेका छन भने १६ जना घाइतेहरूको उद्धार गरिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका