डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • पोउवा संघले दियो पोखरा चेम्बरका नवनिर्वाचित नेतृत्वलाई बधाई

पोउवा संघले दियो पोखरा चेम्बरका नवनिर्वाचित नेतृत्वलाई बधाई

पोउवा संघले दियो पोखरा चेम्बरका नवनिर्वाचित नेतृत्वलाई बधाई

पोखरा, १३ असोज । पोखरा उद्योग वाणिज्य संघले पोखरा चेम्बर अफ कमर्स कास्कीका नवनिर्वाचित अध्यक्ष उमराज बास्तोला, पदाधिकारीतथा कार्यसमिति सदस्यहरुलाई बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको कामना गरेको छ ।
कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले उद्योगी÷व्यवसायीहरुका समस्या समाधान एवं नीतिगत पैरवीमा दुवै संस्थाबीच कार्यगत एकता जरुरी रहेको बताए । समग्र कास्कीको आर्थिक उन्नतिका लागि पनि व्यावसायिक संस्थाहरुबीच सहकार्य जरुरी रहेको उनको भनाइ थियो ।

पोखरा चेम्बर अफ कमर्सं,कास्कीका अध्यक्ष उमराज बास्तोलाले व्यवसायीमाथि आइपर्ने समस्या सल्टाउन निजी क्षेत्रको एउटै आवाज हुनुपर्नेमा सहमति जनाउँदै पोखरा उद्योग वाणिज्य संघसँग सहकार्य गर्ने वचनवद्धता प्रकट गरे ।
पोउवा संघका निवर्तमान अध्यक्ष पवनकुमार प्रजापतिले निजी क्षेत्रका समस्या एउटै भएकाले उद्योगी÷व्यवसायीमाथि समस्या आइपर्दा निजी क्षेत्रले एउटै स्वर निकाल्नुपर्नेमा जोड दिए ।
पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यले सहकार्य र सहयोगले मात्र लक्ष्य प्राप्ति हुने हुँदा पोउवा संघ र चेम्बरबीच सहयोग आदान–प्रदान जरुरी रहेको बताए ।
पोउवा संघकी महासचिव शोभा गौतमले नजिकिँदै गरेको चाडबाडको शुभकामना व्यक्त गर्दै चाडबाडको समयमा व्यवसायीमाथि हुने सम्भावित धरपकडविरुद्ध एकजुट हुनुपर्ने बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका