काठमाडौं
नेकपा (एमाले)ले चुनावी आमसभा आजबाट सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट सुरु गर्ने भएको छ। त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओली आज हेलिकोप्टरमार्फत दार्चुला पुग्दैछन्। ओली बिहीबार नै धनगढी पुगिसकेका छन्।
ओलीले आज बिहान ११ बजे दार्चुला सदरमुकाम खलंगामा हुने चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ। त्यसपछि एमालेले आजै बैतडी र कञ्चनपुरमा पनि आमसभा गर्दैछ। ती चुनावी सभालाई पनि ओलीले सम्बोधन गर्नेछन्।
ओली ४० जिल्ला पुगेर त्यहाँ हुने जनसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको एमालेले जनाएको छ। एमाले प्रचार विभाग प्रमुख खड्क बडालका अनुसार दार्चुलाबाट सुरु हुने चुनावी अभियान पूर्वमा पुगेर टुंगिनेछ।