डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • मैले जिते भने मात्रै देशको नेतृत्व परिवर्तन सम्भव छ-गगन थापा

मैले जिते भने मात्रै देशको नेतृत्व परिवर्तन सम्भव छ-गगन थापा

मैले जिते भने मात्रै देशको नेतृत्व परिवर्तन सम्भव छ-गगन थापा

काठमाडौं

कांग्रेसका महामन्त्री तथा काठमाडौं ४ का उम्मेदवार गगनकुमार थापाले देशको नेतृत्व परिवर्तनका लागि काठमाडौं ४ बाट आफूलाई जिताएर पठाउन मतदातासँग आग्रह गरेका छन् । काभ्रे-काठमाडौं क्षेत्र नम्बर ४ समन्वय समितिद्वारा चाबहिलमा मंगलबार आयोजित कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन् ।

उनले निर्वाचनपछि अधिकांश दलमा संसदीय दलको नेता पुरानै रहने तर आफू निर्वाचित भए कांग्रेसको संसदीय दलको नेताका लागि निर्वाचन हुने दाबी गरे । ‘राजनीतिक नेतृत्वको बदलाव लिन धेरै ठूला परिवर्तन भए । तर राजनीतिक यर्थाथता यो छ कि यो पटक निर्वाचन पछाडि कुनै पनि राजनीतिक दलको संसदिय दलको चुनाव हुनेवाला छैन् । यदि काठमाडौं ४ बाट जिताएर नपठाए कांग्रेसमा पनि दलको नेताको लागि निर्वाचन नहुने ताए ।

उनले देशमा ठूलो परिवर्तन चाहिएको र यो परिवर्तन राजनीतिक परिवर्तनविना असम्भव रहेको बताए । उनले भने, ‘त्यो प्रतिस्पर्धा राजनीतिक दलको महाधिवेशन या संसदीय दलको नेतामा हुनुपर्छ । त्यसका लागि त लडाई लड्ने मान्छे पहिला चाहियो । मेरो प्रस्तावक झापाबाट जितेर आउनु पर्छ। उम्मेदवार बन्ने मान्छे पनि जितेर जानुपर्छ तब लडाई होला । यहाँ सिधैँ प्रधानमन्त्री हुने होइन संसदीय प्रकृयामा छ । पहिला सांसद्मा जितेर जानुपर्छ ।’

केन्द्रीय सदस्य तथा कांग्रेस बागमती प्रदेश निर्वाचन परिचालन समिति संयोजक मधु आचार्यले थापाको नेतृत्वमा मुलुक परिवर्तन सम्भव रहेको जिकिर गरे । उनले थापा मुलुक परिवर्तनको भिजनसहित अगाडि आएकाले साथ आवश्यक रहेको बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका