डिजिटल पत्रिका
आइतवार, माघ ६, २०८१
  • होमपेज
  • पाँच दलका स्वार्थ पाँच तिर फर्किएका छन् : उम्मेदवार मनबहादुर गुरूङ

पाँच दलका स्वार्थ पाँच तिर फर्किएका छन् : उम्मेदवार मनबहादुर गुरूङ

पाँच दलका स्वार्थ पाँच तिर फर्किएका छन् : उम्मेदवार मनबहादुर गुरूङ

पोखरा।

नेकपा एमाले कास्की क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार मनबहादुर गुरूङले जनताले पाँच तिर फर्किएको गठबन्धन होइन, एमालेको बलियो नेतृत्व चाहेको बताए । सोमवार पोखरा -३१ बेगनासका स्थानीयको घरदैलोका क्रममा उनले जनताले स्वार्थको हैन, सिद्धान्तमा चल्ने पार्टी खोजेको भन्दै त्यो पार्टी एमाले नै भएको दावी गरे ।

गुरूङले भने,‘पाँच दलका स्वार्थ पाँच तिर फर्किएका छन्,त्यो कुरा हाम्रा जनताले बुझेका छन् र  हाम्रा एजेन्डा, जनताको आर्कषण र अहिलेको माहोलले हाम्रो जित भइसकेको छ, त्यसैले जनताले एमालेको बलियो नेतृत्व चाहेका छन् । मंसिर ४ को चुनावपछि एमालेले प्रदेशहरु र संघमा एकल सरकार बनाउने दावी गरे ।

उनले भने,‘हाम्रा एजेन्डा, जनताको आर्कषण र अहिलेको माहोलले हाम्रो जित भइसकेको छ ।मतदाताले दिएको सुझावलाई आत्मसाथ गर्दै उक्त क्षेत्रको विकास, निर्माणमा समर्पित हुने र अघिल्लो कार्यकालमा सुरु गरी अधुरा रहेका योजना पूरा गर्ने समेत उल्लेख गरे । मुलुकको समग्र विकासका लागि स्पष्ट नीति, विचार र सिद्धान्त आवश्यक पर्नेमा जोड दिंदै उनले यसको खाँका र इच्छा शक्ति एमालेसँग मात्र भएको दावी गरे ।

त्यस्तै क्षेत्र नम्वर १ (क) का प्रदेश सभाका उम्मेदवार खगराज अधिकारीले कास्की जिल्लाका सबै क्षेत्रमा एमाले उम्मेदवार विजय हुने बताउँदै अब केन्द्र र सबै प्रदेशमा एमालेको सरकार हुने बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका