डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • ट्युनिसिया र डेनमार्कको खेल गोलरहित बराबरी

ट्युनिसिया र डेनमार्कको खेल गोलरहित बराबरी

ट्युनिसिया र डेनमार्कको खेल गोलरहित बराबरी

काठमाडौं ।

कतारमा जारी फिफा विश्वकप फुटबलमा समूह डी मा रहेका ट्युनिसिया  र डेनमार्कले  गोलरहित बराबरी खेलेका छन् ।

एजुकेसन सिटी स्टेडियममा भएको खेलमा ट्युनिसिया  र डेनमार्कले बराबरी खेल्दै एक एक अंक पाए ।

२२औं संस्करणको विश्वकपमा गोलरहित बराबरीमा टुङ्गिएको यो पहिलो खेल हो भने समग्रमा दोस्रो बराबरी हो ।

यसअघि अमेरिका र वेल्सले १-१ को बराबरी खेलेका थिए ।

६२ प्रतिशत बल पोसेसन राखेको डेनमार्क खेलमा अघि देखिएको थियो । डेनमार्कले ११ सट प्रहार गर्दा ट्युनिसियाले १३ सट प्रहार गरेको थियो । तर गोल गर्न भने सकेनन् ।

खेलमा डेनमार्कका लागि आन्द्रेज कोर्नेलिउसले पाएको अवसर सदुपयोग गर्न सकेनन् । उनको प्रहार पोष्टमा लागेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका