डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • प्रेस काउन्सिल नेपालले सञ्चालन गर्दै आएको अभिमुखीकरणको १७ औँ श्रृङ्खला सम्पन्न

प्रेस काउन्सिल नेपालले सञ्चालन गर्दै आएको अभिमुखीकरणको १७ औँ श्रृङ्खला सम्पन्न

प्रेस काउन्सिल नेपालले सञ्चालन गर्दै आएको अभिमुखीकरणको १७ औँ श्रृङ्खला सम्पन्न
तस्बिर : बिपुल पाण्डे
काठमाडौँ ।
प्रेस काउन्सिल नेपालले नयाँ सूचीकृत अनलाइनका लागि सञ्चालन गर्दै आएको अभिमुखीकरणको १७ औँ श्रृङ्खला २०७९ पुस १ गते शुक्रबार सम्पन्न गरेको छ ।
अभिमुखीकरणमा पत्रकार आचारसंहितासम्बन्धी विषयमा वरिष्ठ पत्रकार तथा राष्ट्रिय समाचार समितिका अध्यक्ष श्री धर्मेन्द्र झाले र आचारसंहिता अन्तर्गतका निर्देशिकाहरुका विषयमा प्रेस काउन्सिल नेपालका पूर्व सदस्य एवं पत्रकार श्री सुभेच्छाबिन्दु तुलाधरले सहभागीहरुलाई अभिमुखीकरण गराउनुभएको थियो ।
कार्यक्रममा कुल ४० वटा अनलाइन सञ्चार माध्यमका सञ्चालक र सम्पादकको सहभागिता रहेको थियो ।प्रेस काउन्सिल नेपालको कार्यक्रम हलमा सन्चालन भएको उक्त कार्यक्रममा भौतिक उपस्थिति जनाउन नसकेका अनलाइन सञ्चार माध्यमका सञ्चालक र सम्पादकहरुले भर्चुअल माध्यमबाट सहभागीता जनाएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका