काठमाडौं ।
नेपाली कांग्रेस महामन्त्री गगन थापाले बुधबारसम्म संसदीय दलको नेता चयन हुने दाबी गरेका छन्।
थापाले प्रधानमन्त्री शेरबहादुर देउवले बालुवाटारमा नवनिर्वाचित सांसदका लागि आयोजना गरेको चियापान कार्यक्रममा भोलि ३ बजे कांग्रेस कार्यसम्पादन समिति बैठक बोलाइएको र भोलि नै निर्वाचन समिति बन्ने दाबी गरेका हुन्।
यस्तै, कांग्रेस नेता शेखर कोइरालाले संसदीय दलमा को लड्ने भन्ने विषय नितान्त कांग्रेसभित्रको कुरा भएको प्रतिक्रिया दिए।कांग्रेसभित्र संसदीय दलको नेताका लागि आधा दर्जन नेताबीच रस्साकस्सी चलिरहेको छ। कांग्रेस संस्थापन पक्षले सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेताका रूपमा अगाडि सारे पनि संस्थापनइतर समूह अझै अलमलमै छ । इतर समूहको आधिकारिक उम्मेदवारबारे आकांक्षीबीच सहमति बनिसकेको छैन। कोइराला र गगन थापा आकांक्षी हुन्।