डिजिटल पत्रिका
सोमवार, चैत्र २४, २०८१
  • होमपेज
  • टुर दी पोखराको साइकल र्याली

टुर दी पोखराको साइकल र्याली

टुर दी पोखराको साइकल र्याली

पोखरा।

पोखराको प्रर्दशनी केन्द्रबाट बिहान करिब ७.३० बजे सुरु भएको साइकल र्याली पोखराको महेन्द्रपुल, पालिखेचोक, तेर्सापट्टि, नालाकोमुख, विन्ध्यवासिनी, बगर, टुडिखेल, हरिचोक मिरुवा, भद्रकालि स्कुल, वडा कार्यालय १३, कुडंर ३२ कि.मी. अमरसिंहचोक कालिकाचोक, गौडामुख, बुद्धचोक, पृथ्बीचोक हुदै प्रर्दशनी केन्द्रमा पुगेर समापन हुने भएको छ। उक्त  साइकल र्यालीमा पोखरा सहित काठमाण्डौं, धरान, नेपालगन्ज, नवलपुर लगायतबाट एक हजार भन्दा बढी सहभागि भएको टुर दी पोखराका संयोजक राजन गोङ्गजुले बताउनुभयो ।

साइकल र्याली र्यालीको सुरुबात पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्नुभयो । त्यसै गरी कार्यक्रममा महजोडी हाँस्यकलाकार मदन कृष्ण, हरिवंश लगायतकाको सहभागिता हुने भएको संयोजक गोङ्गजुले बताउनुभयो । शनिबार नै प्रर्दशनी केन्द्रमा बिहानै देखि रक्तदान कार्यक्रम समेत संचालन हुने भएको छ भने सांगितिक कार्यक्रम समेत रहेको र  र्यालीमा १० बर्षका बालक देखि ७३ बर्षसम्मका साइक्लिटहरुको सहभागिता रहेको साइकल सिटी पोखराका पूर्व अध्यक्ष प्रकाश बज्रचार्यले बताउनुभयो ।

स्वास्थ्य, वातावरण र पर्यटनका लागि साइकल भन्ने नाराका साथ साइकल सिटीले टुर दी पोखरा कार्यक्रम हरेक वर्ष आयोजना गर्दै आएको संयोजक गोङ्गजुले बताउनुभयो ।

यस्ता कार्यक्रमहरुको आयोजनाले पोखराको खेल पर्यटनको प्रबद्र्धन हुने उक्त कार्यक्रमका सहभागि जिबन ढुङ्गानाले बताउनुभयो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका