डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • रास्वपा सांसद हरि ढकालले बोलिरहँदा सभामुखले किन काटे माइकको लाइन ?

रास्वपा सांसद हरि ढकालले बोलिरहँदा सभामुखले किन काटे माइकको लाइन ?

रास्वपा सांसद हरि ढकालले बोलिरहँदा सभामुखले किन काटे माइकको लाइन ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोलिरहेका बेला सभामुख देवराज घिमिरेले माइकको लाइन काटेपछि त्यसको विरोध भएको छ।

आकस्मिक समयमा बोल्न सांसद ढकाललाई सभामुखले ३ मिनेटको समय दिएका थिए।

सांसद ढकालले सुरूमा यातायात क्षेत्रबारे कुरा राखेका थिए। त्यसपछि उनी विद्युत महसुलसम्बन्धी बोल्न सुरू गर्दै थिए। यही बेला सभामुख घिमिरेले आकस्मिक समयमा बोल्ने भनेकोबाहेक विषय उठान गरेको भन्दै माइकको लाइन काटिदिएका हुन्।

त्यसपछि रास्वपा, राप्रपालगायत दलका सांसदहरू उठेर विरोध जनाएका थिए। सभामुख घिमिरेले रास्वपा सांसद रवि लामिछाने  र राप्रपा सांसद राजेन्द्र लिङ्देनलाई बोल्न समय दिएका थिए। उनीहरूले सांसदले आकस्मिक समयमा बोल्ने विषयबारे सभामुखले हस्तक्षेप गर्न नहुने बताएका थिए।

केही बेरपछि सभामुख घिमिरेले सांसद ढकाललाई आफ्ना कुरा राख्न फेरि समय दिए। ढकालले भ्रष्टाचार र विद्युत महसुलसम्बन्धी विषय उठान गरेका छन्। उद्योगहरूले नेपाल विद्युत प्राधिकरणलाई तिर्नुपर्ने शुल्क नतिरेको उनको भनाइ थियो।

सांसद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै उद्योगहरूमा काटेको लाइन जोड्न निर्देशन दिएजस्तै बक्यौता रकम उठाउन पनि त्यसैगरी निर्देशन दिन आग्रह गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका