डिजिटल पत्रिका
बुधबार, मंसिर १९, २०८१
  • होमपेज
  • पहिलाे जितकाे खाेजिमा काठमान्डु र कर्णाली

पहिलाे जितकाे खाेजिमा काठमान्डु र कर्णाली

पहिलाे जितकाे खाेजिमा काठमान्डु र कर्णाली

१९ मंसिर । नेपालका दुइ प्रभावसाली खाेलाडि साेमाकाल कामी र करण के सी ले नेतृत्व गरिरहेका टिमले नपाल प्रिमियर लिग एनपीएलमा राम्रो सुरुवात लिन सकेन । यसअघाडी खेलेका आफ्ना खेलहरुमा जित निकाल्न सकेका थिएनन् ।

करणको कप्तानीमा रहेको काठमान्डु गुर्खाज पहिलो खेलमा चितवन राइनोजसँग ५ विकेटले पराजित भयो । करणको बल र ब्याट कुनैमा जादु चलेन । उता लिग अघि सबैभन्दा धेरै चर्चा भएको र भारतीय स्टार ब्याटर शिखर धवन ल्याएर सामाजिक सञ्जालदेखि जताततै चर्चा बनाएको कर्णाली पनि पहिलो खेलमा जनकपुर रोएल्ससँग ८ विकेटले सहजै पराजित भयो ।

त्यही दुई टोली गुर्खाज र याक्स एनपीएलमा आज भिड्दैछन् । एनपीएलको चौथो दिन बुधबार गुर्खाज र याक्सबीचको पहिलो खेल टीयू मैदानमा बिहान ९ बजे सुरु हनेछ  ।

पहिलो खेलमा पराजित भएपछि दुवै टोली आज पहिलो जितको खोजीमा छन् । दुवै टोलीको चर्चा उत्तिकै छ । काठमान्डु गुर्खाजको राजधानीको टिम भएकोले यहाँको स्थानिय समर्थन पाउने गर्छ र राम्रो प्रदर्शन गर्न सधैँ दबाब हुने गर्छ । त्यसमा पनि नेपालमा खेलिसकेका अनुभवी विदेशी क्रिकेटर र इंग्ल्याण्डको खेलाडीहरु अनुबन्ध गरेको काठमान्डु टिमबाट आशा पनि छ ।

अर्कोतर्फ कर्णालीमा नेपाली र विदेशी खेलाडी सबै राम्रा छन् । अक्सनमा भाग्यमानी बनेको अनी धवनसहित नेपालमा यसअघि लिग खेलिसकेका खेलाडीहरु अनुबन्ध गरेको कर्णालीको टिम सन्तुलित नै देखिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका