पोखरा ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेकपा एमाले नेता खगराज अधिकारीलाई संविधानको धारा १६८ को उपधार २ बमोजिम गण्डकीको मुख्यमन्त्रीमा नियूक्ति गरेका छन ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङेको गरि (३३ जना)को समर्थनमा खगराजले मुख्यमन्त्री नियुक्तको दाबी पेश गरेका थिए ।
एमाले स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुखसमेत रहेका खगराजले कास्की–१ (१) बाट चुनाव जितेका हुन् ।अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्तीसँगै सपथ कार्यक्रम पनि आजै हुने जनाइएको छ ।