स्याङजा ।
स्याङजा जिल्लाको आँधीखोला गाउँपालिका देशभरका स्थानीय तह मध्य कार्यसम्पादन मूल्यांकनमा देशभर बाट नवौं र जिल्लाकै उत्कृष्ट स्थानमा पर्न सफल भएको छ ।
नेपाल सरकार राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको वित्तीय समानीकरण अनुदान सिफारिस गर्न निर्धारण गरिएको प्रदेश तथा स्थानीय सरकारको कार्यसम्पादन सूचकको मुल्याङ्कन प्रतिवेदन हालै सार्वजनिक गरेको हो । स्याङ्जा जिल्लाका स्थानीय तहहरु मध्ये आँधीखोला गाउँपालिका ७४.९४०४ नम्बर सहित जिल्लाकै पहिलो स्थानमा परेको हो ।
कार्यसम्पादनमा सहयोग गरी पालिकालाई अग्र स्थान हासिल गर्न सहयोग गर्ने सम्पुर्ण जनप्रतिनिधिहरू सहित,कर्मचारी तथा नगरबासीमा पालिका अध्यक्ष विश्वनाथ पौडेलले आभार व्यक्त गर्नुभएको छ ।