डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • फेकन गण्डकीमा सञ्जय सुवेदी

फेकन गण्डकीमा सञ्जय सुवेदी

फेकन गण्डकीमा सञ्जय सुवेदी

चैत्र, ४ पोखरा।

स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल(फेकन), गण्डकी प्रदेशमा नयाँ कार्यसमिति चयन भएको छ । टाईम्स ग्लोबल एजुकेशनल कन्सल्टेन्सि पोखराका सन्चालक सञ्जय सुवेदीको अध्यक्षतमा नयाँ कार्यसमिति चयन भएको हो । संघको उपाध्यक्षमा सुनिल पराजुलीचयन हुनुभएको छ । त्यस्तै महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः विष्णु प्रसाद अधिकारी, नन्द कुमार पाईजा र सुरेश पौडेल  र पराजुलीचयन हुनुभएको छ  भने सदस्यहरुमा सुर्य प्रसाद भण्डारी, रवि विक, रमेश चालिसे, बलराम ढकाल रहनुभएको छ ।

संघको शनिवार पोखरा मा भएको साधारणसभा र महाधिवेशनले कार्यसमिति चयन गरेको हो । कार्यक्रममा बोल्दै स्वतन्त्र शैक्षिक परामर्श संघ निर्वतमान  अध्यक्ष युवराज कटुवालले सुरुवाती चरणमा संघमा सदस्यसमेत औलामा राखेर गन्न सकिने अवस्थामा रहेकोपनि लक्ष्यअनुरुप संघले गतिलिन थालेको र यसलाई अझै बढाउन लागिपर्नुपर्ने बताउनुभयो ।  स्वतन्त्र शैक्षिक परामर्श संघ शक्तिशाली कमिटि भएको दावी गर्दै नेपाल सरकार शिक्षा मन्त्रालयका प्रतिनिधि, गृह मन्त्रालय, अर्थमन्त्रालय लगायतका देशका उच्च ओहादाका प्रतिनिधिहरु रहनेगरी कमिटि निर्माण भएको कटुवालले उल्लेख गर्नुभयो ।

कार्यक्रमका इक्यान प्रतिनिधि रमेश थापाले शैक्षिक परामर्शसम्बन्धि संघ संस्थाहरुलाई नेपाल सरकारहरुले फगत व्यापारीको रुपमा मात्र हेर्ने गरेको र शैक्षिक परामर्श सम्बन्धी संस्थाहरुको समस्या वेवास्ता गरेको बताउनुभयो । साथै उहाँले आफुहरुको आवाज बुलन्द पार्न ईक्यान, ल्याङ्वेज ईन्स्टिच्युट, फेम जस्ता शैक्षिक परामर्शसम्बन्धि संघ संस्थाहरु एकजुट हुनुपर्ने बताउनुभयो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका