डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • दशैंतिहार बिदाले मुस्ताङ घुम्न आउने पर्यटक बढे

दशैंतिहार बिदाले मुस्ताङ घुम्न आउने पर्यटक बढे

दशैंतिहार बिदाले मुस्ताङ घुम्न आउने पर्यटक बढे

जोमसोम । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा नेपालिहरुको महान चाड दशैँ सकिएसँगै पर्यटकीय चहलपहलबढेको छ।

बडा दसैंको भोलिपल्ट आइतबारदेखि मुस्ताङमा स्वदेशी तथा आन्तरिक पर्यटकको लर्को लागेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। दशैँ अवधिमा सरकारी कार्यालय, निजी संघसंस्था, बैंक तथा वित्तीय संस्था, स्कुल कलेज र विदेशबाट दसैं पर्व मनाउन घर फर्किएकाहरूलाई लामो बिदा हुने भएकाले मुस्ताङमा पर्यटकीय चहलपहल बढेको हो।

मुस्ताङमा पोखरा जोमसोम हवाई सेवामार्फत पनि पर्यटक आउने गरेको भए पनि उनीहरूको रेकर्ड यसमा उल्लेख छैन। सेप्टेम्बर अन्तिमदेखि मुस्ताङमा हवाई सेवा मार्फत पनि उल्लेख विदेशी पर्यटकको मुस्ताङ आगमन बढेको छ।

बिदाको समयलाई सदुपयोग गर्दै मुस्ताङ घुम्ने युवापंक्तिको संख्या अपेक्षाकृत वृद्धि भइरहेको जोमसोमका पर्यटन व्यवसायीहरू बताउछन। दसैं पर्वपछि मुस्ताङ भ्रमण गर्नेमा अधिकांश पर्यटक युवापुस्ताका पर्यटक रहेको पाइन्छ।

मुस्ताङ भ्रमण गर्ने अनुकूल समय र सडक सञ्जाल सहज भइसकेकाले मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्या बढेको हो। स्थानियको अनुसार दसैंपछि छठ पर्वको अन्तिमसम्म युवापुस्ताहरू मुस्ताङ घुम्न आउने गर्दछन। मुस्ताङको पृथक भूगोल, धार्मिक, ऐतिहासिक र सांस्कृतिक एवं जीवन्त मौलिकता भएकै कारण यसस्थानमा आन्तरिक तथा बाह्य पर्यटकको क्रेज बढ्दो छ। पछिल्लो समय अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले मुस्ताङलाई घुम्नैपर्ने पर्यटकीय सूचीमा सूचीकृत गरेसँगै मुस्ताङ जिल्लाको क्रेज बढेको पाइन्छ।

मुस्ताङ भ्रमण गर्न आउने आन्तरिक पर्यटकहरूले सडक सहज भएसँगै चिनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको कोरलानाकासम्म पुग्ने गरेका छन्। कोरलानाका, छोसेर गुफा, लोमान्थाङ दरबार, लोघेकर गुम्बा, मुक्तिनाथ, कागबेनी, ढुम्बाताललगायत विभिन्न पर्यटकीय गन्तब्यहरू मुस्ताङमा अवस्थित रहेकाले मुस्ताङमा पर्यटकहरूको क्रेज बढेको हो। राष्ट्रिय गौरवको सडकअन्तर्गत मुस्ताङमा एकतिहाइ सडक कालोपत्रे भइसकेकाले पनि मुस्ताङ यात्रा पर्यटकका लागि सहज बनेको छ।

औसत बर्सेनि ५ लाखभन्दा बढी आन्तरिक पर्यटकले मुस्ताङको भ्रमण गर्ने गर्छन्। यस्तै बर्सेनि १ लाख २० हजार भन्दा बढी विदेशी पर्यटकले मुस्ताङको भ्रमण गर्ने गरेको एक्यापको तथ्यांकमा उल्लेख छ। मुस्ताङ भ्रमण गर्ने अघिकांश पर्यटकहरू मुक्तिनाथको दर्शन गरी फर्किन्छन्। युवापंक्ति पर्यटक भने मुस्ताङको विभिन्न पर्यटकीय गन्तव्यहरू अवलोकन गर्न रुचाउँने पर्यटक राम प्रसाद तिमिल्सिना बताउछन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका