डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक जहाज अवतरण

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक जहाज अवतरण

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक जहाज अवतरण

पोखरा ।

व्यावसायिक उडानको तयारीमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा  बुद्ध एयर र यति एयरलाइन्सले आज पहिलो पटक परीक्षण उडान गरेका छन्  ।

पोखराकै पुरानो विमानस्थलबाट उडेको यति एयरलाइन्स र बुद्ध एयरको जहाज नयाँ विमानस्थलमा अवतरण गराएर ‘डेमो फ्लाइट’ गरिएको रआगामी अंग्रेजी नयाँ वर्ष देखी पोखराबाट काठमाडौँ लगायतका देशका अन्य गन्तव्यहरुमा हुँदै आएको उडान नयाँ विमानस्थलमा सञ्चालन गर्ने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

पुरानो विमानस्थललाई हेलिकप्टर, अल्ट्रालाइट र सानो जहाजको उडान अवतरणका लागि उपयोगमा ल्याइने जनाइएको छ  ।  परीक्षण उडानमा नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी, पर्यटन व्यवसायी र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।यस विमानस्थलमा नेपालकै पहिलो एरोब्रिज रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका