पोखरा ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गण्डकि प्रदेश सरकार बनाउनका लागि दलहरुलाई आह्वान गरेका छन् ।
नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा १ बमोजिम कुनै पनि दलको स्पष्ट बहुमत नदेखिएकाले सोही धाराको उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा सरकार गठनका लागि आह्वान गरिएको र सरकार बनाउनका लागि दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यले पुस २५ गते सोमबार ४ बजेभित्र दाबी पेश गर्नु पर्ने प्रबक्ता चण्डीप्रसाद अर्यालले विज्ञप्ति मार्फत जानकारी दिए।