डिजिटल पत्रिका
आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • प्रचण्डको नेतृत्वमा ३ उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन

प्रचण्डको नेतृत्वमा ३ उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन

प्रचण्डको नेतृत्वमा ३ उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन

काठमाडौं 

मन्त्रिपरिषद्को पहिलो बैठक आजै साँझ बस्ने भएको छ । आज साँझ साढे ६ बजे नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को सचिवालयले जनाएको छ ।

नवनियुक्त प्रधानमन्त्री दाहालले आजै ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए । प्रधानमन्त्री प्रचण्डले शपथ लिएसँगै ३ जना उपप्रधानमन्त्री र चारै जना मन्त्रीले आजै राष्ट्रपति विद्यादेवी भण्डारीले समक्ष शपथ खाएका छन् ।

उपप्रधानमन्त्री तथा अर्थमा नेकपा एमालेका विष्णु पौडेल, उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री तथा गृहमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति  रवि लामिछाने रहेका छन् ।

मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान रहेका छन् । उनीहरुको कार्यभार पछि तोकिनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका