डिजिटल पत्रिका
आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • चितवन २ को उपनिर्वाचनमा भाग लिन दल दर्ता गर्न आयोगको आह्वान

चितवन २ को उपनिर्वाचनमा भाग लिन दल दर्ता गर्न आयोगको आह्वान

चितवन २ को उपनिर्वाचनमा भाग लिन दल दर्ता गर्न आयोगको आह्वान

काठमाण्डौ।

सर्वोच्च अदालतले रबि लामिछाने को उम्मेदवारी नै बदर गर्दै पद खारेज गरिदिएपछि  चितवन क्षेत्र नम्बर २ मा उपचुनाव हुन लागेको हो। निर्वाचन आयोगले २०८० वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ।

आयोगका अनुसार यही फागुन १० गतेदेखि १६ गतेभित्र दल दर्ता गर्नु पर्ने छ । २०७९ फागुन ५ गतेसम्म निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलले उपचुनावमा भाग लिन फागुन १६ गतेभित्र दल दर्ता निवेदन आयोगमा पठाइसक्नुपर्ने आयोगले जनाएको छ।राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ता निवेदन दिनुपर्ने आयोगको भनाइ छ।

उपनिर्वाचनका लागि चैत २० गते उम्मेदवारको मनोनयन दर्ता गर्ने तालिका रहेको आयोगले जनाएको छ। चैत २१ गते उम्मेदवारको विरोधमा उजुरी, चैत २२ गते मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका रहेको आयोगले जनाएको छ। चैत २३ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका