डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • सन २०२३ मा गर्मीका कारण युरोपमा ४८ हजार जनाको गएकाे थियाे ज्यान

सन २०२३ मा गर्मीका कारण युरोपमा ४८ हजार जनाको गएकाे थियाे ज्यान

सन २०२३ मा गर्मीका कारण युरोपमा ४८ हजार जनाको गएकाे थियाे ज्यान

बार्सिलोना । गर्मीका कारण गएको वर्ष युरोपमा झन्डै ४८ हजार जनाको ज्यान गएको छ । सोमबार सार्वजनिक भएको एक अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो

बार्सिलोना इन्स्टिच्युट फर ग्लोबल हेल्थका अनुसार गर्मीले युरोपभरमा सन् २०२३ मा ४७ हजार ६९० जनाको मृत्यु भएको छ । गएको वर्ष युरोपमा निकै गर्मी भएको थियो । यसलाई तापमानसम्बन्धी रेकर्ड राख्नथालेयताकै सबैभन्दा गर्मी वर्ष भनिएको छ ।

मृत्युको मामिलामा सन् २०२२ झनै भयानक थियो । उक्त वर्ष त्यहाँ ६० हजार भन्दा धेरैले गर्मीसँग सम्बन्धित कारणले ज्यान गुमाएका थिए ।

प्रतिवेदनमा युरोपका ३५ देशको तापमान र मृत्युसम्बन्धी रेकर्डको विश्लेषण गरिएको थियो । गर्मीको जोखिम वृद्धवृद्धाहरुमा धेरै देखियो । गर्मीले दक्षिणी युरोप सबैभन्दा मारमा परेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका