डिजिटल पत्रिका
शनिबार, मंसिर ८, २०८१
  • होमपेज
  • सरकार र यातायात व्यवसायीबीच सहमति,अग्रिम टिकट बुकिङ खोल्ने निर्णय

सरकार र यातायात व्यवसायीबीच सहमति,अग्रिम टिकट बुकिङ खोल्ने निर्णय

सरकार र यातायात व्यवसायीबीच सहमति,अग्रिम टिकट बुकिङ खोल्ने निर्णय

काठमाडौं । सरकार यातायात मन्त्री प्रकार ज्वाला र नेपाल यातायात व्यवसायी राष्ट्रिय व्यवसायी महासंघबीच भएको छलफलमा असोज २२ गते साेमबारबाट दशैंका लागि सडक स्तरउन्नती गर्ने र अग्रिम टिकट बुकिङ खोल्ने सहमति भएको हो ।

सहमतिसँगै दशैंका लागि असोज २२ गतेदेखि देशभरको सार्वजनिक यातायातको टिकट अग्रिम बुकिङ गर्न सकिने छ । यस अघि यातायात व्यवसायी भाडा वृद्धिको अडानले चाडपर्व लक्षित सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ रोकेका थिए ।

घटस्थापना सुरु हुन नौ दिन मात्रै बाँकी हुँदासमेत टिकट नखुलेपछि यातायात मन्त्रीले मन्त्रालयमा बैठक बोलाएका थिए ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष बिजय स्वाँरले असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय भएको जनाकारी दिए । ‘आज मन्त्रालयमा लामो छलफलपछि व्यवसायी र सरकार बीच टिकट खोल्ने सहमति भएको छ,’ उनले भने ‘ २२ गतेबाट टिकट खुल्छ।’

सार्वजनिक यातायात सुधारका १७ ओटा बुदाँमा आज मन्त्रालयमा छलफल भएको र यी समस्यालाई समाधान गर्न दशैं तिहारपछि एक कमिटी गठन गरेर अघि बढ्ने निर्णय भएको स्वाँरले बताए । उनका अनुसार भाडा समायोजनको बिषय पनि दशैंपछि नै छलफल हुने उनको भनाई छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका