पोखरा
पोखरामा आयोजित १७ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका धावक स्टेफेन कोस्गेइले जितेका छन । कोस्गेइले यो उपाधि दोस्रो पटक आफ्नो पोल्टामा पार्न सफल भएका हुन ।
पोखरा रंगशालाबाट सुरु भएको ढौडमा स्टेफेन कोस्गेइले निर्धारित ४२.१९५ किमीको दुरी २ घण्टा २० मिनेट ७ सेकेण्डमा पूरा गर्न सफल भएका हुन । स्टेफेनले उपाधि जित्दै ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन।