डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • गुप्तकालिका मन्दिर परिसरमा ने वि संघले फरफरायो नेपालको राष्ट्रिय झन्डा

गुप्तकालिका मन्दिर परिसरमा ने वि संघले फरफरायो नेपालको राष्ट्रिय झन्डा

गुप्तकालिका मन्दिर परिसरमा ने वि संघले फरफरायो नेपालको राष्ट्रिय झन्डा

पोखरा। पोखरा महानगरपालिका वडा न २४ कास्कीकोट मा अवस्थित गुप्त कालिका माई मन्दिर परिसरमा नेपालको राष्ट्रिय झन्डा राखिएको छ । नेविसंघ केन्द्रीय सदस्य महादेव गिरीको संयोजकत्वमा सो कार्यक्रम सम्पन्न भएको हो | 

नेपालीहरूको महान चाड विजया दशमीमा गुप्त कालिका माई मन्दिर मा दर्शन गर्ने भक्तजनहरूको भीडभाड बड्ने धार्मिक तथा पर्यटन क्षेत्रलाई लक्षित गर्ने उद्देश्यले नेपालको राष्ट्रिय झन्डा राखिएको नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य महादेव गिरी ले बताएका छन । यसअघि पनि यस्ता खालका सामाजिक कार्य गर्दै आएको र अबका दिनमा पनि यस्ता खालका कार्यक्रम युवाहरूसँग सहकार्य गर्दै अगाडि बढ्ने गिरिले बताए । साथै धार्मिक, एतिहासिक एवम् पौराणिक छटाले भरिको कश्यप ऋषिको तपोभूमि कास्कीकोटमा, राष्ट्रिय स्वाभिमान सँग जोडिएको राष्ट्रिय झन्डाले युवाहरूमा अझै सामाजिक बन्ने हौसला बढ्ने कुरामा सहमत भएको अर्का विद्यार्थी नेता अर्जुन बहादुर अधिकारीले जानकारी दिए । 

यस अघि पनि नेविसंघ कास्कीकोट ले गुप्त कालिका मन्दिर परिसरमा नेपालको झन्डा राख्दै आएको थियो भने पर्यटन क्षेत्रलाई लक्षित गर्दै सो मन्दिरमा पछिल्लो समय आन्तरिक तथा विदेशी पर्यटकको पनि आगमन बाक्लो भएको छ । त्यस्तै विजया दशमीलाई लक्षित गर्दै फुलपातिको दिनमा सो मन्दिरमा भव्य कार्यक्रम हुने गरेको छ । उक्त कार्यक्रममा तरुण नेता जय प्रकाश थापा ‘पप्पु’ ,नेका वडा एकाइ सचिव केशव दवाडि, वडा इकाइ उप-सभापति देवी प्रसाद अधिकारी, क्षेत्रिय प्रतिनिधि देवेन्द्र विक्रम शाही ,विद्यार्थी नेताहरु विवेक तिमिल्सिना,सुजन सुवेदि सृजन तिमिल्सिना लगायत स्थानीय युवाहरूको बाक्लो उपस्थिति रहेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका