डिजिटल पत्रिका
आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • सिंगापुरलाई हराउँदै आईसीसी टी–२० विश्वकप छनोटमा नेपालको शानदार सुरुवात

सिंगापुरलाई हराउँदै आईसीसी टी–२० विश्वकप छनोटमा नेपालको शानदार सुरुवात

सिंगापुरलाई हराउँदै आईसीसी टी–२० विश्वकप छनोटमा नेपालको शानदार सुरुवात

काठमाडौं। सिंगापुरलाई ८ विकेटले हराउँदै घरेलु टोली नेपालले आईसीसी टी–२० विश्वकप छनोटमा शानदार यात्रा थालेको छ ।

त्रिवि क्रिकेट मैदानमा सोमबार टस जितेर ब्याटिङ थालेको सिंगापुरलाई १४५ रनमा सीमित गरेको नेपालले १६.३ ओभरमा २ विकेट गुमाएर लक्ष्य चुम्न सफल भयो ।

सुरुवाती ब्याट्सम्यान कुशल भुर्तेलले ७४ रन बनाए भने कप्तान रोहित पौडेल ३५ रनमा अविजित रहन पुगे । आसिफ शेख २७ रन बनाएर आउट भएका थिए ।

नेपालले ८४ रन जोड्दा पहिलो विकेट खसेको थियो । कुशलले ४८ बलमा २ छक्का र ८ चौका प्रहार गरेर ७४ रन बनाएर क्याच आउट हुन पुगे । त्यसअघि पहिला ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन जोड्न सफल भएको थियो ।

नेपालका अविनाश बोहराले ३ तथा सन्दीप लामिछाने, करन केसी र गुल्सन झाले २–२ विकेट लिएका थिए । नेपालले समूहको दोस्रो खेलमा मंगलबार मलेसियासँग प्रतिस्पर्धा गर्ने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका