डिजिटल पत्रिका
शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • चरक मेमोरियल अस्पतालद्वारा रक्तदान, दृष्टिविहीनलाई सहयोग

चरक मेमोरियल अस्पतालद्वारा रक्तदान, दृष्टिविहीनलाई सहयोग

चरक मेमोरियल अस्पतालद्वारा रक्तदान, दृष्टिविहीनलाई सहयोग

मंसिर । पोखराको नागढुंगामा रहेको अत्याधुनिक सुविधासम्पन्न चरक हस्पिटल प्रालिले विविधि कार्यक्रमका बीच आफ्नो ११ औं वार्षिकोत्सव मनाएको छ ।
हस्पिटलले स्वास्थ्य क्षेत्रसँगै सम्बन्धित रक्तदान कार्यक्रम गरेको हो । कार्यक्रममा ५५ जनाले रक्तदान गरे । उत्साहजनक तबरले रक्तदाताहरु कार्यक्रममा सहभागी भए ।
लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ एमका ब्लड डोनेशन चिफ ठाकुरप्रसाद अधिकारीले पहिलो रक्तदाता लायन्स क्लब अफ पोखरा माछापुच्छ्रेका अध्यक्ष ई. अमिर भण्डारीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गरेका थिए ।
रक्त सञ्चार केन्द्र, पोखराको प्राविधिक सहयोग, लायन्स क्लब अफ पोखरा माछापुच्छ्रे र लायन्स क्लब अफ पोखरा नर्सेसको सहकार्यमा कार्यक्रम भएको पिआरओ सोबित सुवेदीले जानकारी दिए ।
लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ एमका एफडब्लूसी डिस्ट्रिक्ट कोओर्डिनेटर अर्जुन थापाले सञ्चालन गरेको कार्यक्रममा लायन्स क्लब अफ पोखरा नर्सेसका अध्यक्ष हेमा गुरुङले स्वागत मन्तव्य राखिन् ।
दृष्टिविहीनलाई ६० हजार बराबरको सामाग्री प्रदान
यसैबीच, वार्षिकोत्सवकै अवसरमा अर्को पूण्यको काम पनि चरक हस्पिटलले गरेको छ ।
हस्पिटलले पोखरा महानगरपालिका वडा नं. २९, घोतघोतेमा रहेको दृष्टिविहीन निवासमा तिहारमा भएको भएको आगलागीबाट पीडितलाई सहयोग सामाग्री हस्तान्तरण गरेको हो ।
हस्पिटल परिसरमै आयोजित कार्यक्रममा हस्पिटल प्रालिका अध्यक्ष रामचन्द्र रेग्मी, प्रवन्ध निर्देशक कपिल पोखरेलले अपांग मैत्री समाज, दृष्टिविहिन आश्रमका ईञ्चार्ज शुशिल गोदारलाई ६० हजार बराबरको सहयोग सामाग्री हस्तान्तरण गरेका हुन् ।
दृष्टिविहीनले विक्री गर्ने सामानहरु अगरबत्ती, कपुर, कलम, डायरी लगायतका सामानहरु हस्पिटलले सहयोग गरेको हो ।
गत कार्तिक २९ गते दृष्टिविहीन समूह देउसीभैलो खेल्न निस्कँदा राति ९ बजेतिर आश्रममा आगलागी भएको थियो । नगद ८ लाखसहित करिब ३० लाखजतिको विक्री सामान र ५ कोठे एक तले घर जलेर नष्ट भएको थियो । आश्रममा रहेका ३० जना अहिले पोखरा २६ स्थित नेत्रहीन कास्कीको कार्यालयमा बस्न बाध्य भएको गोदारले बताए । उनले हस्पिटलले सहयोग गरेकोमा खुशी व्यक्त गरे ।
व्यापार मेलामा टिकट काट्नेमध्ये २ जनालाई नि:शुल्क फूल बडी चेकअप, अन्यलाई १० प्रतिशत छुट ।
यस्तै, पोखरामा आजदेखि सुरु भएको राष्ट्रिय औद्योगिक व्यापार मेलामा हस्पिटलले स्टल समेत राखेको छ । हरेक दिन टिकट काट्नेमध्ये गोलाप्रथाद्वारा २ जना छनौट गरी फूल बडी चेकअप नि:शुल्क गरिदिने कार्यालय प्रशासक प्रदीप शर्माले जानकारी दिए ।
यसैगरी, स्टल भिजिट गरी पर्चा लिएर हस्पिटल पुग्नेलाई माघ मसान्तसम्ममा १० प्रतिशत छुट दिने पनि हस्पिटलले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका