डिजिटल पत्रिका
बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • ‘बिकिनी रङ’ परिर्वतन नगरे फिल्म रोक्ने मन्त्रीको चेतावनी

‘बिकिनी रङ’ परिर्वतन नगरे फिल्म रोक्ने मन्त्रीको चेतावनी

‘बिकिनी रङ’ परिर्वतन नगरे फिल्म रोक्ने मन्त्रीको चेतावनी

एजेन्सी । भारतीय अभिनेता शाहरुख खानको फिल्म ‘पठान’ लाई भारतमा एकथरी मानिसले बहिष्कार गर्न थालेका छन् ।

१२ डिसेम्बरमा सार्वजनिक भएको फिल्मको एउटा गीत ‘बेसरम रङ’ले भारतमा विवाद सिर्जना गराएपछि फिल्म नै बहिष्कार गर्ने आवाज उठेको हो ।

अभिनेत्री दीपिका पादुकोणले लगाएको बिकिनीको रङ र उनले गरेको नृत्यका कारण दीपिका विवादले घेरिएकी छिन् । याे गीतलाई लिएर राजनीतिज्ञदेखि सर्वसाधारण र सत्तारुढ भारतीय जनता पार्टीका नेतासम्म आलोचनामा उत्रिएका छन् ।

दीपिकाको पहिरनको पहेँलाे रङ हिन्दू धर्मको पूजाआजामा प्रयोग हुन्छ भने सत्तारुढ दल बीजेपीले पनि यो रङलाई प्रयोग गर्दै आएको छ । मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्रले दृश्य नहटाए फिल्म रिलिज रोक्ने चेतावनी दिएका छन् । दीपिकाको बिकिनी र पहिरनको रङले हिन्दू धर्म र आफ्नो पार्टीको अपमान गरेको उनको आरोप छ ।

उनले भने, ‘बेसरम रङ गीतमा प्रयोग भएको पहिरनको रङको कपडा प्रयोग गर्नु गलत छ । यदि दृश्य परिवर्तन नगरिए मध्यप्रदेशमा रिलिज आवश्यक छैन ।’

मिश्रले थप भने, ‘फिल्ममा टुकडे ग्याङकी समर्थक दीपिका पादुकोणले आपत्तिजनक कपडा पहिरिइन् र यो दूषित मानसिकताको साथ फिल्म बनाइयो ।’

भारतका कतिपय ठाउँमा गीतको विरोध गर्दै शाहरुख र दीपिकाको पुत्ला समेत जलाइएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । सिद्धार्थ आनन्द निर्देशित फिल्म २५ जनवरी २०२३ मा प्रदर्शन हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका