पाेखरा।
तेश्राे टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियाेगिता २०७९ माघ दाश्राे साता पाेखरामा हुने भएकाे छ । आयाेजक टाइगर ग्रुप अफ पाेखरा नेपालले साेमबार पाेखरामा पत्रकार सम्मेलन गरेर माघ ८ देखि १४ गतेसम्म पाेखरा रंगशालाकाे भलिबल काेर्टमा प्रतियाेगिता सञ्चालन गर्ने जानकारी दिएकाे हाे।
प्रतियाेगितामा महिला र पुरुष दुबै तर्फ पाँच/पाँच टिमले प्रतिष्पर्धा गर्ने टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए ।प्रतियाेगितामा महिला तर्फ केरला स्टेट, इलेक्ट्रोनिक बाेर्ड भारत, नेपाली सेनाकाे त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीकाे नेपाल पुलिस क्लब, र शसस्त्र प्रहरी बलकाे एपीएफ क्लब र हाेङ्गवान्जी न्यु डायमण्ड स्पाेर्टस क्लबले प्रतिस्पर्धा गर्नेछ ।
पुरुष तर्फ एसटी वाज स्पाेर्टस क्लब श्रीलंका, नेपाली सेनाकाे त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीकाे नेपाल पुलिस क्लब, र शसस्त्र प्रहरी बलकाे एपीएफ क्लब र गण्डकी प्रदेशकाे टिमले प्रतिस्पर्धा गर्ने अध्यक्ष शर्माले बताए ।
प्रतियाेगितामा विजेता दुबै टिमले नगर ५/५ लाख रुपैयाँ, ट्रफि प्राप्त गर्नेछ भने उपविजेताले २ लाख ५० हजार र तेश्राेले १ लाख २५ हजार र सान्त्वना टिमले ६५ हजार प्राप्त गर्ने छ ।प्रतियाेगितामा महिला / पुरुष उत्कृष्ट एकएक खेलाडीलाई नगद २५/२५ हजार सहित सम्मान गरिने अध्यक्ष शर्माले जानकारी दिए ।
खेलमा हरेक विद्याका उत्कृष्ट खेलाडीहरु, प्रशिक्षकलाई समेत नगगद दस/दस हजार र ट्रफि सहित सम्मान गरिने छ । प्रतियाेगिता सम्पन्न गर्न ८० लाख खर्च लाग्ने अनुमान गरिएको गरिएकाे आयाेजकले बताएकाे छ ।प्रतियाेगिता सम्पन्न गर्न अध्यक्ष शर्माको नेतृत्वमा १०१ सदस्यीय आयाेजक समिति र विभिन्न ११ उपसमिति गठन गरेर तयारी अगाडि बढेकाे पत्रकार सम्मेलनमा जानकारी दिइयो ।