डिजिटल पत्रिका
शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • राष्ट्रिय फुटबल टिमका चर्चित फुटबलर विमल घर्तिमगर पनि लागे अष्ट्रेलिया

राष्ट्रिय फुटबल टिमका चर्चित फुटबलर विमल घर्तिमगर पनि लागे अष्ट्रेलिया

राष्ट्रिय फुटबल टिमका चर्चित फुटबलर विमल घर्तिमगर पनि लागे अष्ट्रेलिया

काठमांडौ ।
नेपाली राष्ट्रिय फुटबल टोलीका चर्चित फुटबलर विमल घर्तिमगर अष्ट्रेलिया पलायन भएका छन् । सुरक्षित भविष्यको खोजीमा विमल अष्ट्रेलिया लागेका हुन् । 

पछिल्लो समय राष्ट्रिय फुटबल टिमका फुटबलर हरू पलायन भइरहँदा विमलले समेत नयाँ गन्तव्यको रुपमा विदेश नै रोजेका हुन् । विमलको विदेश पलायनले खेल क्षेत्रलाई स्तब्ध बनाएको छ ।

नेपाल सुपर लिग एनएसएलका लागि ललितपुर सिटी एफसीका लागि मार्की खेलाडी भइसकेका विमलले उक्त सम्झौता रद्द गर्दै अष्ट्रेलिया पलायन भएका हुन् ।  उनको स्थानमा मार्की खेलाडीको रुपमा अनन्त तामाङलाई अनुबन्ध गरिएको छ ।

उमेर समूह हुँदै राष्ट्रिय टिमसम्म आइपुगेका विमल पछिल्लो पुस्ताको नेपाली फुटबलका उत्कृष्ट फरवार्ड मानिन्छन् । उनले करियरको सुरुआतमा युरोपेली फुटबलमा आबद्ध हुन प्रयास गरेका थिए । युवा अवस्थामै प्राप्त स्टारडमले उनलाई पछिल्लो एक दशक नेपाली फुटबलको लोकप्रिय फुटबलर बनाएको थियो ।

उनकै नेतृत्वमा नेपालले यू–१९ साफ च्याम्पियनसिप जित्दै अन्तराष्ट्रिय फुटबलमा उपाधिको ढोका खोलेको थियो । उनले नेपालका लागि यू–१९ साफ च्याम्पियनसिप सहित साग गेम्स, बङ्गबन्धु कप, एएफसी सोलिडारिटी सहित विभिन्न उपाधि जितेका छन् । 

पछिल्लो समय नेपाली फुटबलर हरू सुरक्षित भविष्यको खोजीमा विदेशी क्रम ह्वात्तै बढेको छ । यसअघि नै दर्जनभन्दा बढी खेलाडी अष्ट्रेलिया पलायन भइसकेका छन् ।

दिनेश राजवंशी, सुमन अर्याल, मिक्छेन तामाङ, हेमन्त थापामगर, नितिन थापा, तेज तामाङ, अभिषेक रिजाल, दिपकसिंह ठकुरी, विमल राना, रेजिन सुब्बा, पुजन उपरकोटी, निशान खड्का, रवि पासवान लगायतका ३५ भन्दा बढी खेलाडीहरू विदेशिएका छन् । 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका