डिजिटल पत्रिका
बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • लिट्रेचेर फेस्टिभल फागुन ३ गतेदेखि ७ गतेसम्म पोखरामा हुने

लिट्रेचेर फेस्टिभल फागुन ३ गतेदेखि ७ गतेसम्म पोखरामा हुने

लिट्रेचेर फेस्टिभल फागुन ३ गतेदेखि ७ गतेसम्म पोखरामा हुने

पोखरा। सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको एघारौं संस्करणबारे जानकारी दिन बिहीबार आयोजक संस्था बुकवर्म फाउन्डेसनलले पोखरामा पत्रकार सम्मेलन आयोजना गरेको छ । फेस्टिभल आउँदो फागुन ३ देखि ७ गतेसम्म बाराहीघाट, लेकसाइड पोखरामा आयोजना हुँदै छ । सूर्य नेपाल प्रालिको उपक्रम सूर्य नेपाल गाथाको मुख्य सहयोगमा यस वर्षको फेस्टिभल आयोजना हुन लागेको हो ।

यस वर्षको फेस्टिभलको प्रवद्र्धकमा पोखरा महानगरपालिका रहेको आयोजक संस्था बुकवर्म फाउन्डेसनले जनाएको छ । फेस्टिभलका अघिल्ला संस्करण झैं यस वर्ष पनि देशविदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, पत्रकार, कलाकार, सम्पादक एवम् विशिष्ट व्यक्तित्वको उपस्थिति रहनेछ । फेस्टिभलमा ५५ भन्दा बढी सेसन, साङ्गीतिक साँझ र थप रोचक सामग्री समावेश गरिनेछन् । फेस्टिभलमा दैनिक हजारौं साहित्यानुरागी भेला हुने आयोजकको आकलन छ । वात्स्यायन एन्ड बाब्र्स भोल्युम टू पुस्तक विमोचन एवम् कार्टुन प्रदर्शनी, गोर्खा वुमन: एन इको इन द स्टोरी प्रदर्शनी पनि फेस्टिभलका अवसरमा गरिने आयोजकले जनाएको छ ।

फेस्टिभलको पहिलो दिन फागुन ३ मा दिउँसो साढे दुई बजेदेखि उद्घाटन सत्र सञ्चालन हुनेछ । उक्त दिन कार्टुन प्रदर्शनीदेखि विद्वत्प्रवचनलगायत कार्यक्रम सञ्चालन हुनेछन् । फेस्टिभलमा फागुन ४ देखि ७ सम्म बिहान १० बजेदेखि साँझ ७ बजेसम्म विभिन्न सत्र सञ्चालन हुनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका